संस्थागत बचत

संस्थागत बचत

कुनै पनि प्रकारका ब्यापार, ब्याबसाय तथा बित्तिय कारोबार गर्ने उदेश्यका लागि संचालित सगठित संस्थाहरु (ब्याबसायिक समुह, व्यवसायिक प्रतिष्ठान, व्यवसायिक फर्म, सहकारी संस्थाहरु, निजि शैक्षिक प्रतिष्ठान लगायत नाफा आर्जन गर्ने÷नगर्ने संस्था तथा प्रतिष्ठान आदी) बाट प्राप्त बचतलाई संस्थागत बचत भनिनेछ ।

बचतको सीमा : यस बचतमा संघ संस्थाले न्यूनतम रु. १०००।– देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सक्नेछन् ।

बचत फिर्ता : संस्थागत बचत खातामा न्युनतम मौज्दात आपसि सहमतिमा तोकि बाँकि रकम जतिसुकै रकम फिर्ता लान सक्नेछन् ।

ब्याजदर : संस्थागत बचत खातामा न्युनतम मौज्दात तथा ब्याजको दर आपसि सहमतिमा तोक्न सकिने छ । दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा सम्बन्धित खातामा ब्याज प्रविष्टि गरिनेछ ।
संस्थागत बचत खातामा दिईने सुविधाहरु आपसि सहमतिमा निर्धारण गर्न सकिनेछ ।