About Us
About Us
About Us

We’re here to support you every step of the way.

संस्थाको परिचय

हाम्रो सहकारी संस्था लिमिटेड वि.स.२०५१ साल कार्तिक १७ गते नुवाकोट जिल्लाको प्रवेशद्धार तुप्चे सोलेमा मुख्य कार्यालय रहने गरी २५ जना शेयर सदस्यहरुबाट रु.६०,३००।– शेयर पुँजी संकलन गरी तत्कालिन सहकारी ऐन अन्तर्गत स्थापना भएको संस्था हो । साथै २०५४ सालमा नेपाल राष्ट्र बैंकबाट सिमित कारोबार गर्न स्वीकृती समेत प्राप्त गरेको थियो ।

यस संस्थाले सदस्यहरुलाई आवश्यक सम्पुर्ण वित्तीय सेवा तथा कृषि प्रवद्र्धन कार्यक्रम मार्फत विभिन्न कृषि सम्बन्धी निःशुल्क तालिम तथा घरदैलो मै परामर्श सेवा दिनुका साथै स्थानियहरुलाई दैनिक उपभोग्य वस्तु सुलभ दरमा उपलब्ध गराउन तथा सदस्यका स्थानिय उत्पादनलाई बजारिकरण गर्न सहकारी सुपथ पसलको अवधारणा अनुसार किसान कोप-मार्ट सञ्चालन गरेको छ । विभिन्न समय परिस्थितमा हुने भवितव्य विपत/महामारिको समयमा समेत यस संस्थाले  समुदाय र सदस्यको साथमा रहि विभिन्न किसिमका राहत कार्यक्रम संचालन गर्दै आएको छ ।

“समृद्धिका लागी समुदाय संगसगै“ भन्ने मुल नारा तय गरेको यस संस्थाले विभिन्न सामाजिक काम समेत गर्दै आईरहेको छ । वित्तीय सेवालाई प्रविधि मैत्री  बनाउनु पर्दछ भन्ने मान्यता बोकेको यस संस्थाले सदस्यहरुलाई विभिन्न प्रकारको प्रविधिमुलक सेवाहरु प्रदान गर्दै आईरहेको छ । ATM सेवा सञ्चालन गर्ने सुदुरपश्चिम प्रदेशकै पहिलो यस सहकारीले ट्याबलेट बैंकिङ मार्फत सफलतापुर्वक सेवा दिने नेपालकै अग्रणी संस्थाको रुपमा परिचय स्थापित गर्नुका साथै चेक मार्फत रकम भुक्तानी गर्नुका साथै ABBS सेवा प्रदान गर्दै आईरहेको छ ।

नारा : “समृद्धिका लागी समुदाय संगसगै“

यो संस्था सदस्य सुरक्षण सिद्धान्तलाई अवलम्बन गरि अन्तराष्ट्रिय स्तरको Smart Certified प्राप्त गर्न सफल नेपालकै पहिलो संस्था हो । साथै  यस संस्थाले आफ्ना सदस्यहरुलाई डिजिटल वित्तीय सेवा दिने उद्देश्यदे सुदुरपश्चिम प्रदेश मै पहिलो पटक ATM तथा QR Merchant सेवा उपलब्ध गराएको थियो । अन्य विभिन्न किसिमका डिजिटल सेवाहरु समेत दिदै आएको छ ।

संस्थाको भिजन

भिजन ( VISION ) : ”आर्थिक तथा सामाजिक रुपान्तरणका लागी गरिब तथा विपन्न परिवारलाई स्वरोजगार एवं आत्म–निर्भर बनाउने“ भिजन रहेको यस संस्थाले विभन्न समयमा समाजमा विभिन्न किसिमका अभिमुखिकरण तालिम प्रदान गर्दै आईरहेको छ ।

संस्थाको मिसन

मिसन ( MISSION ) : “गरिब किसान र साना उद्यमीहरुलाई वित्तीय तथा गैर वित्तीय सेवाको पहुँचमा ल्याई उनिहरुको गुणस्तरिय जिवनयापनका लागि सहकारीको मर्म बमोजिम नविनतम प्रविधिका साथ उद्यमशिलता र व्यवसायिकताको विकास गरि अधिकतम रोजगारी सृजना गर्ने । 

संस्थाको ध्येय

नीति विधि, प्रविधी र दक्ष जनशक्तिको विकासलाई जोड दिँदै, हरेक टोलटोलमा संस्थाको पहुँच पुऱ्याउने, सदस्यको दैनिक जीवनमा आधारित वित्तीय तथा गैर वित्तीय सेवामा विविधिकरण गर्दै प्रतिष्पर्धात्मक सेवा प्रवाह गर्ने, सचेतना कार्यक्रम, सहकारी शिक्षा मार्फत बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने, सिपमुलक तालिम मार्फत सदस्यको आयमा बृद्धि गर्ने, सदस्यहरूको विभिन्न उमेरकालअनुसारका सेवासुविधाको विकास तथा सञ्चालन गर्ने

संस्थाको उद्देश्य

संस्थामा रहेको सदस्यहरुको मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकास गर्ने । सदस्यहरुको व्यक्तिगत र सामुहिक क्षमताको अभिवृद्धि गरी स्वावलम्बी एवम् आत्मनिर्भर समाजको निर्माणमा सहयोग पु¥याउने । सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमुलक क्षेत्रमा सदस्यहरुमार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्ट्रिय पुँजीको उपभोग बढाउने । सदस्यहरुको दैनिक जीवनका क्षेत्रमा संस्थागत सहयोग पु¥याउने खालका सेवामुलक कार्यक्रम गरी समुदायमा सहकारिताको महत्व स्थापित गर्ने काम प्रदर्शित गर्ने । संस्थाको आर्थिक भौतिक र प्राविधिक क्षमताको वृद्धि र विकास गरी दक्ष जनशक्तिको माध्यमबाट सुशासनयुक्त वित्तीय सहकारी संस्थाको रुपमा स्थापित हुने । सदस्यहरुलार्य आवश्यक सर्वसुलभ र गणस्तरीय वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमबाट सदस्यको लागि सुरक्षित, भरपर्दो र स्वस्थ संस्थाको रुपमा पहिचान बनाउने ।